२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री खरेलको दाबी : ‘२१ फागुनमा जसरी पनि चुनाव हुन्छ’

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले २१ फागुनमा जसरी पनि चुनाव हुने बताएका छन् । शुक्रबार चितवनको भरतपुरमा पत्रिकाहरूसँग कुरा गर्दै मन्त्री खरेलले राम्रो, निष्पक्ष र धाँधलीरहित चुनाव हुने बताएका हुन् ।

उनले भने, ‘जनस्तरदेखि मिडियासम्म, प्रश्नदेखि जवाफसम्म सबै चुनावमा केन्द्रित भइरहेको छ । अब पनि चुनाव हुन्छ हुँदैन भन्ने कुरामा तपाईँहरूलाई द्विविधा छ र ? सम्भवतः द्विविधा छैन । यहाँहरूलाई म भन्न चाहन्छु २१ फागुनमा जसरी पनि चुनाव हुन्छ । जसरी भनेको राम्रो, निष्पक्ष र धाँधलीरहित चुनाव हुन्छ ।’ मन्त्री खरेलले निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको सुनाए ।

२१ फागुनमै चुनाव हुने सबैभन्दा पछिल्लो आधार भनेको ६४ वटाभन्दा बढी दलले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउने काम भइसकेको उनले बताए ।

उनले भने, ‘प्रमुख राजनीतिक दल सबैले बुझाइसके । १० लाखभन्दा बढी नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता भइसकेको छ । सुरक्षा निकायमा नयाँ नेतृत्व प्रहरीमा आइसकेर उसको मनोबल उच्च भइसकेको छ । सरकारले स्रोत, साधन, जनशक्ति जति चाहिन्छ त्यसका लागि पर्याप्त बजेट छुट्याइसकेको छ, पुर्‍याइसकेको छ ।  राजनीतिक दलहरू अहिले जिल्ला जिल्लामा गएर चुनाव प्रचारप्रसार गर्न थालिसकेका छन् । पार्टीको झण्डाहरू देखेर अब हामीलाई जिताउनुस् भन्न थालेका छन् । प्रत्यक्षतर्फबाट पनि उम्मेदवार छनोट हुन थालिसकेको छ । टिकट कसलाई दिन नदिने भन्ने चर्चा हुन थालिसकेको छ । को चुनाव लड्ने नलड्ने भनेर चर्चा हुन थालिसकेको छ ।’