२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय जानकारीमा नआएको सरकारको प्रष्टीकरण

अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ऊर्जा मन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् ।

शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय औपचारिक रूपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने समेत बताए ।

‘कुलमान घिसिङ मन्त्रीज्यू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो भनेर तपाईँहरूले मलाई सुनाइराख्नुभएको छ, सरकारमा औपचारिक रूपमा त्यसको जानकारी आएको छैन ,’ उनले भने, ‘औपचारिक रूपमा त्यो जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र उहाँको तर्फबाट लिनुपर्ने निर्णय हुन्छ ।’

सरकारको मन्त्री मात्रै नभई जोकोही योग्य नागरिक चुनावमा उठ्न पाउने भन्दै उनले पद र शक्तिको दुरुपयोग भने गर्न नमिल्ने उल्लेख उनले गरे ।

खरेलले आफू नागरिक सरकारको प्रवक्ताका साथै सञ्चार मन्त्री पदमा रहेकाले अहिलेसम्म कुनै पार्टीमा आबद्ध नरहेको र चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा कुनै निर्णय नगरेको पनि बताए ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनको सबै तयारी भइसकेकाले तोकिएको समयमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह समेत उनले गरे ।