२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशला गुरुङ रास्वपाको समानुपातिक उम्मेदवारबाट पछि हटिन् 

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सूचीमा उज्यालो नेपाल पाटीको कोटाबाट परेकी गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उनले आफूलाई उज्यालो नेपाल पार्टी (रास्वपा)बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु सम्मान र जिम्मेवारीको विषय भएको उल्लेख गरेकी छन् । तर, गहन आत्ममूल्यांकनपछि राजनीतिक उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेको स्पष्ट पारेकी छन् ।

उनका अनुसार यो निर्णय कुनै असन्तुष्टि वा अस्वीकार होइन, बरु आफ्नो पेशागत जिम्मेवारीप्रतिको प्रतिबद्धता र दीर्घकालीन सामाजिक योगदानको मार्ग रोजाइ हो । ‘कला र स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प नै यस निर्णयको मूल कारण हो ।’ उनले लेखेकी छन् ।

डा. गुरुङले पार्टी नेतृत्वले देखाएको विश्वास, सम्मान र समर्थनप्रति आभार व्यक्त गर्दै त्यो भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता पनि जनाएकी छन् । राजनीतिक पदमा नरहे पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा सक्रिय रहने उनको भनाइ छ ।

डा. गुरुङले अन्त्यमा पार्टीको भावी यात्राका लागि शुभकामना दिँदै लोकतान्त्रिक अभ्यास र समावेशी प्रतिनिधित्वको प्रयास सफल होस् भन्ने कामना गरेकी छन् ।

गुरुङको नाम रास्वपाको बन्द सूचीको १९ नम्बरमा रहेको छ । आदिवासी जनजातितर्फ महिलाको पाँचौँ नम्बरमा उनको नाम छ ।

रास्वपाको बन्द सूचीमा आदिवासी जनजातितर्फ ९ नम्बरमा नाम रहेका टासी लाक्पा शेर्पाले पनि यस अघि नै आफूले बन्द सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

बिहीबार मात्रै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू दलगत राजनीतिमा रुचि नराख्ने भएकाले बन्द सूचीबाट नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘आगामी निर्वाचनमा सम्पूर्ण राजनीतिक दल तथा योग्य उम्मेदवारहरूलाई विशेष शुभकामना व्यक्त गर्दछु । मलाई पनि प्रतिनिधि सभा सदस्यको लागि समानुपातिकमा मेरो नाम छनोट गर्नु भएकोमा धन्यवाद । तर म दलगत राजनीतिमा रुचि नराख्ने भएकाले मेरो नाम सूचीबाट फिर्ता लिन चाहन्छु र म सधैँ मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध रहनेछु र म एक साधारण नागरिकको रूपमा, आफ्नो कर्ममार्फत देशको लागि सक्दो योगदान दिनेछु ।’