२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सय ५० रुपैयाँमा वडाबाटै एक्स-रे सेवा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ ले रु १५० मै एक्स-रे सेवा सुरु गरेको छ ।  

जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स-रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रूपमा सेवा प्रारम्भ गरेका हुन् । 

उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स-रे मेसिन खरिद गरिएको हो । उपप्रमुख डङ्गोलले, आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स–रे सेवा थप गरिएको बताइन् । 

“माग र आवश्यकताका आधारमा सेवालाई विस्तार र सुदृढ बनाउँदै लैजानेछौँ । आधारभूत स्वास्थ्य सेवाबाट कसैले पनि वञ्चित हुनु नपर्ने अवस्था बनाउँछौँ”, उनले भनिन् । वडाअध्यक्ष सङ्गतले मानव संशाधन, प्रविधि र उपकरण थप गर्दै लैजाने योजना रहेको बताइन् । उनका अनुसार कामपाबाट  सञ्चालन भएको एक्स–रे सेवा प्रदान गर्ने यो पहिलो वडा हो । 

विभागको भण्डार शाखा प्रमुख कमलप्रसाद भट्टराईका अनुसार वडा नम्बर ७, ८, १०, १२, १४, १६, १९, २६, २७ र ३२ गरी १० वटा वडामा एक्स–रे सेवा जडान हुँदैछ । यसका लागि १० जना रेडियोग्राफर नियुक्त गरिसकिएको छ ।