काठमाडौँ । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले अहिलेसम्म देशमा चुनावको वातावरण नबनेको बताएका छन् ।
आज जनकपुरधामस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नेता महासेठले भने, ‘जेनजी आन्दोलनको क्रममा भागेका बहुसंख्यक कैदी बाहिर छन् । लुटिएका प्रहरीको आधा भन्दा बढी हतियार बाहिर छन् । त्यो हतियारहरू कसको विरुद्धमा प्रयोग हुन्छ ? यस्तो अवस्थामा चुनाव कसरी गराउन सकिन्छ ?
उनले विगतमा संसद् विघटन हुँदा सर्वोच्चले पूर्वावस्थामा फर्काएको स्मरण गर्दै अहिले पनि सोही अवस्थामा पुर्याएर निकास दिनुपर्ने धारणा राखे । उनले भेनेजुएलामा भएको घटनामा अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उलंघन गरेको प्रतिक्रिया समेत दिएका छन् ।







