२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको छत्तिसगढमा मारिए २५६ माओवादी

अ+ अ-

काठमाडौँ । सन् २०२५ मा मध्य भारतको छत्तिसगढ जिल्लामा अवस्थित बस्तर जिल्लामा सुरक्षा बलले २५६ नक्सालवादी माओवादीहरूलाई मारेको छ । १५०० भन्दा बढीले आत्मसमर्पण गरेका छन् ।

शनिबार समाचार संस्था एएनआईसँगको कुराकानीमा बस्तर रेन्जका प्रहरी महानिरीक्षक पी. सुन्दरराजले सुरक्षा एजेन्सीहरुको समन्वयमा गरिएको कारबाहीका कारण बस्तर डिभिजनभरि माओवादी सञ्जालहरूलाई उल्लेखनीय रूपमा कमजोर बनाएको बताए ।

बिजापुर र सुकमा जिल्लामा भएका मुठभेडमा १४ माओवादीको शव सुरक्षा बलले बरामद गरेको घटनापछि सुन्दरराजले मिडियासँग कुराकानी गरेका हुन् । आईजीका अनुसार दुई जिल्लाको दक्षिणी भागमा माओवादी आन्दोलनको बारेमा विशिष्ट गुप्तचर सूचनाको आधारमा अपरेशन सुरु गरिएको थियो ।

‘अपरेशनको क्रममा सुरक्षा बल र माओवादीबीच धेरै मुठभेड भए । बिजापुर जिल्लाबाट दुई र सुकमा जिल्लाबाट १२ माओवादीको शव बरामद भयो’, सुन्दरराजले भने, ‘मुठभेड स्थलबाट एके-४७ र इन्सास राइफलसहित ग्रेडेड हतियारको ठुलो भण्डारसमेत फेला पारिएको छ ।

एक आधिकारिक विज्ञप्तिमा सन् २०२५ लाई बस्तर रेन्जका लागि ऐतिहासिक वर्ष भनेर वर्णन गरिएको सञ्चार माध्यम द स्टेट्समेनले उल्लेख गरेको छ । जसमा माओवादी नेतृत्व विरुद्धका प्रमुख सफलताहरू, ठुलो मात्रामा हतियारको बरामद र वरिष्ठ कार्यकर्ताहरूको आत्मसमर्पणलाई उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ( यी विकासहरूले यस क्षेत्रमा दीर्घकालीन शान्ति र स्थिरताको लागि बलियो जग खडा गरेको छ ।’