२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको व्यवस्थित पदमार्ग निर्माण सुरु

अ+ अ-

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानी पौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानी पौवादेखि घोरेढुंगा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जङ्गलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिँड्नुपर्ने भएपछि ढलान गरी सिँढीसहितको पदमार्ग निर्माण सुरु गरिएको हो ।

चालु आर्थिक वर्ष २०८२–८३ मा रघुगंगा गाउँपालिकाबाट विनियोजन भएको रु तीन लाख ५० हजार बजेटमा श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गर्न लागिएको रानीपौवा घोरेढुंगा चमेरे आर्यघाट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका प्राविधिकद्वारा लागत अनुमान तयार गरी विनियोजन भएको बजेटबाट १३२ मिटर पदमार्ग निर्माण गरिएको छ ।

चमेरेदेखि नै जंगलको झाडी फँडानी गरेर सोलिंगसहित ढलान गरी साढे एक मिटर फराकिलो पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । मुख्यगरी गाउँमा दिवंगत भएकाहरूको अन्तिम संस्कारका लागि चमेरेस्थित कालीगण्डकी नदी किनारको आर्यघाटमा लैजानका लागि प्रयोग हुने यस गोरेटो बाटो पुनर्निर्माणका लागि देश तथा विदेशमा रहेका स्थानीयवासीले स्वेच्छिक रूपमा सहयोगसमेत जुटाउन थालेका छन् ।

रानी पौवादेखि घोरेढुंगा हुँदै चमेरे आउने र चमेरदेखि कालीगण्डकी नदी किनार जाने बाटोसमेत जोखिमपूर्ण रहेको र गाउँपालिकाबाट विनियोजन भएको बजेट अपुग हुने भएपछि देश तथा विदेशमा रहेका स्थानीयवासीबाट सहयोग जुटाएर थप पदमार्ग निर्माण गर्ने तयारीमा जुटेको उपभोक्ता समितिका अध्यक्ष कार्कीले जानकारी दिए ।

दुई सातादेखि दैनिक १२ देखि १५ जना पदमार्ग निर्माणमा खटिएका छन् । रानी पौवादेखि चमेरे हुँदै आर्यघाटसम्मको गोरेटोबाटोमध्ये करिब एक किलोमिटर बाटो भिरालो र साँघुरो भएकाले त्यसलाई स्तरोन्नतिसहित पक्की पदमार्ग बनाएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छ ।

रघुगंगाको वडा नम्बर ३ रानीपौवाका साथै वडा नम्बर २ तल्लाघर र कोलमुनि बस्तीका स्थानीयले समेत दिवंगत भएकाहरूलाई यसै बाटो भएर आर्यघाटमा अन्तिम संस्कारका लागि लैजाने गर्छन् । यो पदमार्ग निर्माणले पूर्णता पाएमा गाउँमा दिवंगत भएकाहरूलाई अन्तिम संस्कारका लागि कालीगण्डकीस्थित आर्यघाट पुर्‍याउन सहज हुनेछ भने गाउँमा उत्पादन भएको केरा, सुन्तलालगायतका कृषिजन्य उत्पादनलाई बिक्री–वितरण गर्नसमेत सहज हुने उपभोक्ता समितिका सचिव रामबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, जंगलबाट घाँस दाउरा घरमा ल्याउन र बेनी–जोमसोम सडक खण्डको चमेरेदेखि छोटो दूरीमा रानीपौवागाउँ उक्लिन यो पदमार्ग उपयोगी हुनेछ ।

“अहिले गाउँमा दिवंगत भएकाहरूलाई घाटमा ल्याउन निकै कठिन छ, भिरालो र साँघुरो डोरोमा जोखिमपूर्ण तवरले हिँड्नुपर्छ, झाडीले बाटो ढाकिने भएकाले नियमितजसो झाडी फाँड्नुपर्ने बाध्यता छ,” उपभोक्ता समितिका सचिव कार्कीले भने । यो पदमार्ग पुनर्निर्माण सम्पन्न भएमा चमेरेदेखि रानीपौवा, तल्लाघर हुँदै ऐतिहासिक भगवती कोत मन्दिर भएर पर्यटकीयस्थल रुइसे क्षेत्रसम्मको पदयात्रा गर्नका लागिसमेत प्रयोगमा आउनेछ ।