२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला कारागारमा बाल सुधार केन्द्र स्थापना गरिने

अ+ अ-

काठमाडौँ । विदुर नगरपालिका-६ स्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गरिने भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि तथा सरोकारवालाको अनुगमनपश्चात् बाल सुधार केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको हो ।

यही पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।

जिल्ला कारागारको खाली रहेको भवनमा केन्द्र स्थापना गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी थिइन् ।

केन्द्रीय कारागारमा ब्लक प्रवेशको एक मात्र द्वार भएको, कैदी बन्दीका लागि खटिएका सुरक्षाकर्मीको घेराभित्र नै उक्त ब्लक कायम रहेको तथा ब्लक भित्रको संरचना कैदी बन्दी प्रयोजनका लागि निर्माण गरिएको हुँदा बाल बिज्याइँकर्ता राख्न उक्त स्थान उपयुक्त नभएको मन्त्री श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार भक्तपुरलगायत जिल्लाका बाल बिज्याइँकर्ता राख्न स्थान अभाव भएकाले तत्कालै विदुर–१ स्थित नुवाकोट जिल्ला कारागारको खाली भएको भवनलाई स्तरोन्नति गरेर केन्द्र सञ्चालन गर्न लागिएको हो ।

त्यसका लागि आवश्यक संरचना निर्माण कार्य एक महिनाभित्र पूरा गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठले निर्देशन दिइन् ।

‘बाल सुधार केन्द्रको सुरक्षामा हातहतियार बिनाका सादा पोसाकका सुरक्षाकर्मी खटिनुपर्ने हुन्छ, केन्द्रीय कारागारमा त्यो कार्यान्वयन गर्न सम्भव हुने देखिएन,’ उनले भनिन्, ‘बालबालिकाको मानव अधिकारअन्तर्गतका शिक्षा, स्वास्थ्य उपचार लगायतका मापदण्ड पूरा गर्न केन्द्रीय कारागारमा तत्कालै उपलब्ध गराउन सक्ने अवस्था नभएकाले स्थानान्तरण आवश्यक भएको हो ।’

जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई २०८१ भदौ १५ गते केन्द्रीय कारागार सञ्चालनमा आएसँगै स्थान्तरण गरिएकाले उक्त स्थानमा खाली भएका ब्लकलाई बाल बिज्याइँकर्ता राख्न बालसुधार केन्द्रका रूपमा सञ्चालन गरिने भएको छ ।

यससम्बन्धी आवश्यक निर्णय सम्बन्धित निकायबाट गराउने मन्त्री श्रेष्ठबाट प्रतिबद्धता आएसँगै कार्य प्रारम्भ गर्न थालिएको छ । आवश्यक संरचना अबको एक महिनाभित्र निर्माण गरी १६० बाल बिज्याइँकर्ता नुवाकोट ल्याउने योजना छ ।

हाल देशका विभिन्न नौ स्थानमा बालसुधार केन्द्र सञ्चालनमा रहेकाले त्यसमध्ये बाल बिज्याइँकर्ता ठहरिएर १८ वर्ष उमेर पूरा भएका पुरुषलाई नुवाकोटस्थित बाल सुधार केन्द्रमा ल्याउन लागिएको हो ।