काठमाडौँ । तत्कालीन गाविस सचिवसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक हरिपूर्वा गाविसका तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादवविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
गलत लिखत तयार गर्ने तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ ।









