काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रियसभा निर्वाचनलाई केन्द्रित गरेर आन्तरिक छलफलमा जुटेका छन् ।
काँग्रेस, एमालेसँग तालमेल गरेर जाने कसरत भइरहेको बेलामा ‘प्रचण्ड’ले हिजो भारतबाट फर्केलगत्तै पार्टीका नेताहरूसँग छलफल गरेका हुन् ।
‘प्रचण्ड’ले काँग्रेस एमालेसँग चुनावी तालमेलको विषयमा आज बिहान सहसंयोजक माधव नेपालसँग पनि छलफल गरेका केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले बताए ।
उनले भने, ‘संयोजक र सहसंयोजकले आन्तरिक छलफल गरिराख्नुभएको छ । अहिलेसम्म कुनै निष्कर्षमा पुगेको हामीलाई जानकारी छैन ।’
अहिले काँग्रेस र एमाले पनि राष्ट्रियसभामा तालमेल गर्नेबारे आन्तरिक छलफलमा जुटेका छन् । एमालेको सचिवालय बैठक जारी छ भने काँग्रेसको कार्यसम्पादन समिति बैठक १ बजे बस्दै छ ।







