२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जमा उत्पन्न तनाव साम्य पार्न सद्भाव संयन्त्र गठन

अ+ अ-

काठमाडौँ । वीरगञ्जमा धार्मिक एवं सामाजिक सद्भाव बिथोल्ने गतिविधि हुन नदिन स्थायी सद्भाव संयन्त्र गठन गरिएको छ ।

मंगलबार बसेको सर्वपक्षीय एवं सर्वदलीय बैठकले भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक सद्भाव विरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरू एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने गरी संयन्त्र गठन गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

दाहालका अनुसार संयन्त्रमा हिन्दुतर्फबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिमतर्फबाट महमद महबुब अलि शेरु र अलि असगर मदनी रहेका छन् ।

यसैगरी अन्य धार्मिक समुदायबाट पनि आवश्यकता अनुसार प्रतिनिधित्व रहने उनले बताए ।

बैठकले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन एवं आन्दोलन नगर्ने प्रतिबद्धता समेत जनाइएको छ । प्रदर्शन वा आन्दोलन गर्नुपूर्व पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई ज्ञापन पत्र पेस गर्न जोड दिने र त्यसपछि मात्रै आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

बैठकले धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह(आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय समेत गरेको छ ।

धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न विवादका कारण दुई दिनदेखि वीरगन्ज अशान्त बन्दै आएको छ । दुई समुदायले प्रदर्शन जारी राखेका कारण सम्भावित घटनालाई मध्यनजर राखेर स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यु समेत लगाएको छ । कर्फ्यु आज साँझ ६ बजेसम्म जारी रहेन जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।