काठमाडौँ। नेपाली काँग्रेस ललितपुर जिल्ला समिति विशेष महाधिवेशनको पक्षमा सक्रिय हुने गरी खुलेको छ ।
पुस २७ र २८ का लागि भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनका लागि कुपण्डोलबाट प्रदर्शन सुरु हुने काठमाडौं जिल्ला समितिले जनाएको छ ।
ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले कुपण्डोल, हनुमानस्थानमा भेला भई बाजागाजा, झाँकी सहितको र्यालीसहित भृकुटीमण्डप पुग्ने जानकारी गराएका छन् ।
जिल्ला सभापति श्रेष्ठले दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन पार्टी पङ्तिलाई अनुरोध गरेका छन् । ‘२०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको नेपाली काँग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताको लागि ललितपुर जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्दछौँ’, श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।







