२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका र नेपालले गरे सीपीएमा हस्ताक्षर,

अ+ अ-

काठमाडौँ। चार वर्षभन्दा बढी समयको सहकार्यपछि आज संयुक्त राज्य अमेरिका र नेपालले ‘संयुक्त राज्य अमेरिका-नेपाल सांस्कृतिक सम्पत्ति सम्झौता’ (सीपीए) मा हस्ताक्षर गरेका छन् । यो हस्ताक्षरलाई ऐतिहासिक कोसेढुंगा भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

राजदूत डीन आर. थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दूतावासका अनुसार मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला र नेपालको पुरातत्त्व विभागका वरिष्ठ अधिकारीहरू हस्ताक्षर कार्यक्रममा सहभागी थिए ।

सीपीएले नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा गर्न, सांस्कृतिक वस्तुहरूको अवैध ओसारपसार रोक्न र कानूनको उल्लंघन गरी हटाइएका कलाकृतिहरूको फिर्तालाई समर्थन गर्न बलियो रूपरेखा स्थापित गरेको दूतावासले उल्लेख गरेको छ ।

दूतावासले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फिर्ता गरिएका प्रत्येक वस्तुले पुनर्स्थापित इतिहास र तिनीहरूको उत्पत्ति, परम्परा र समुदायसँग पुनः जोड्ने काम गर्छ ।’

सम्झौताले नेपालको सांस्कृतिक सम्पदाको लागि संयुक्त राज्य अमेरिकाले राखेको गहिरो सम्मानलाई प्रतिबिम्बित गर्ने समारोहमा राजदूत थम्पसनले बताए ।

उनले यो सम्झौताले अवैध ओसारपसार रोक्न सहयोगलाई सुदृढ गर्ने, कानुनी सांस्कृतिक आदानप्रदानलाई समर्थन गर्ने र भावी पुस्ताका लागि नेपालको सम्पदाको संरक्षण गर्ने साझा जिम्मेवारीलाई सुदृढ गर्ने बताए ।

संयुक्त राज्य अमेरिकामा अवैध आयातलाई प्रतिबन्धित गरेर र नैतिक संकलन अभ्यासलाई प्रवर्द्धन गरेर सीपीएले सांस्कृतिक सहयोगमा नयाँ अध्यायको सुरुवात गर्ने बताइएको छ ।

अमेरिकाका लागि सम्झौताले संग्रहालय, विश्वविद्यालय र सांस्कृतिक संस्थालाई जिम्मेवार बनाउने, कानुनी आदानप्रदानलाई प्रोत्साहन गर्ने दूतावासले जनाएको छ । अवैध पुरातात्विक वस्तुहरूलाई अमेरिकी कला बजारबाट निकाल्न समेत मद्दत गर्ने बताइएको छ ।

नेपालका लागि सम्झौताले आफ्नो सांस्कृतिक विरासतको संरक्षण, पुनस् प्राप्ति र उत्सव मनाउन एक महत्त्वपूर्ण क्षण हुने दूतावासले विश्वास लिएको छ ।

संयुक्त राज्य अमेरिका र नेपालले साझा प्रतिबद्धतालाई कार्यान्वयन गर्दै, सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने र नेपालको सम्पदाले दुवै देशका भावी पुस्तालाई शिक्षित र प्रेरणा प्रदान गर्ने कुरा सुनिश्चित गर्ने दूतावासले जनाएको छ ।