काठमाडौँ । बढुवा समितिको सचिवालयले आठ जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै रिक्त रहेको उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।
बढुवा समितिको बिहीबारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदका लागि रामशरण आचार्य, सुमन गिरी, प्रवेश रेग्मी र सम्पत न्यौपाने रहेको छन् ।
यस्तै, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाईवे उपसमूहतर्फ नरेश प्रसाद केशरी र किरण सुवेदी रहेका छन् ।
यसैगरी नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूहतर्फ अंकितमान श्रेष्ठ र ज्योती तामाङलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।








