२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चतुर बहादुर चन्दले भने : ‘चार महिना कोमामा पुगेको काँग्रेसलाई महामन्त्रीहरूले पुनर्जीवन दिए’

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष एवं नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली काँग्रेस ‘कोमा’मा रहेको टिप्पणी गरेका छन् ।

भृकुटीमण्डपमा आइतबार आयोजित काँग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता चन्दले पार्टीभित्रको गतिरोध र निष्क्रियतालाई संकेत गर्दै यस्तो बताएका हुन् । उनले चार महिनासम्म थलिएको पार्टीलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका अभियानकर्ताहरूले नयाँ प्राण भरेको दाबी गरेका छन् ।

‘झन्डै चार महिना नेपाली काँग्रेस कोमामा थियो, ’चन्दले भने, चार महिनापछि कोमामा रहेको काँग्रेसलाई प्राणवायु दिएर जीवन्त बनाउने जसले साहस गर्नुभयो, म ती सबैलाई सम्मान गर्न चाहन्छु ।’

ऐतिहासिक रूपमा देशको अभिभावकत्व ग्रहण गर्दै आएको काँग्रेस पछिल्लो समय दिशाहीन बनेको उल्लेख गर्दै उनले अब पार्टी पुनः अभिभावककै भूमिकामा फर्कन लागेको बताए । उनले पार्टीलाई ब्युँझाउन भूमिका खेल्ने दुवै महामन्त्री र पार्टी सुदृढीकरण अभियानमा लागेका अभियन्ताहरूको प्रशंसा गरेका छन् ।

उनले थपे, ‘इतिहासमा यो देशलाई अभिभावकत्व दिएको पार्टीलाई यहाँसम्म (पुनर्जीवन) पुर्‍याउनुहुने आदरणीय दुवै महामन्त्री र अभियन्ताहरूलाई म विशेष रूपमा सम्झन चाहन्छु । अब काँग्रेस फेरि देशको असली अभिभावक पार्टी बन्दै छ ।