२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टी विभाजन रोक्ने प्रयास हुँदै छ’ : डा. शशांक कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी विभाजन रोक्ने प्रयास भइरहेको बताएका छन् । सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलपछि बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मिलाउने प्रयास हुँदै छ । पार्टी कुनै हालतमा पनि ब्रेक गर्न हुँदैन भन्ने कुरा भयो ।’ उनले अन्य नेताहरूसँग छलफल गरिरहँदा शेखर कोइराला पनि आएको र विभाजन रोक्नेबारे कुरा गरेको बताए ।

नेपाली काँग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ । आइतबार उद्घाटन सत्र भएको थियो भने आज बन्द सत्र जारी छ । बन्द सत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू छन् । काँग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष अधिवेशन सभापति देउवासहितका नेताले बेवास्ता गरेपछि महामन्त्रीद्वयले आह्वान गरेका थिए ।

विशेष महाधिवेशन नेतृत्व चयनतर्फ गएको संकेत पाएपछि देउवा र विशेष महाधिवेशनको पक्षमा नरहेका नेताहरू पार्टी विभाजन रोक्न भन्दै छलफल गरिरहेका छन् ।