२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नानीमैयाले तोडिन् अनशन, राप्रपाको महामन्त्री बनाइने शर्त

अ+ अ-

काठमाडौँ । राप्रपामा समानुपातिक सूची सच्याउन माग गर्दै आमरण अनशनमा रहेकी नेतृ नानीमैया आचार्यले आफूलाई महामन्त्री बनाउने शर्तमा अनशन तोडेकी छन् ।

उनलाई राप्रपाका पूर्वअध्यक्ष तथा वयोवृद्ध नेता पशुपति शम्शेर राणाले जुस खुवाएर हिजो अनशन तोडाएका हुन् ।

समानुपातिकको बन्द सूचीमा महिला क्लस्टरतर्फ समावेश नाममा असहमति जनाउँदै नानीमैयाले गत शुक्रबार पार्टी कार्यालयमै आमरण अनशन सुरु गरेकी थिइन् । गत मंगलबार उनलाई संस्थापन पक्षका महिलाहरूले जबर्जस्ती पार्टी कार्यालयबाट निकालेका थिए । त्यसपछि उनी ओम अस्पतालमा भर्ना भएर अनशनलाई निरन्तरता दिएकी थिइन् ।

७ दिनसम्म अनशन बस्दा पनि अध्यक्ष राजेन्द्र लिङदेनले वास्ता नगरेको असन्तुष्ट महिला नेतृहरूले बताएका छन् । नानीमैयाको स्वास्थ्य बिग्रिँदै गएपछि उनीहरूले पशुपति शमशेरलाई गुहारेका हुन् । हिजो साँझ ५ बजे राणा अस्पतालमा आएर अनशन तोडाएका छन् ।

यस क्रममा एउटा सम्झौता पत्रमा हस्ताक्षरसमेत गरिएको छ, जसमा राणासहित ५ जना शीर्ष नेताहरूले हस्ताक्षर गरे । हस्ताक्षर गर्नेमा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य निरञ्जन थापा रहेका छन् ।

सम्झौता पत्रमा ८ बुँदाहरू छन् । नानीमैया आचार्यलाई राप्रपाको महामन्त्री बनाउने शर्तनामा गरिएको छ । चम्पा अधिकारीलाई केन्द्रीय सदस्य र कार्यसम्पादन समिति सदस्यमा मनोनीत तथा आगामी प्रदेश सभा निर्वाचनमा बागमती प्रदेशमा खस आर्यतर्फ एक नम्बर क्लस्टरमा राख्न पनि ५ नेताहरू तयार भएका छन् ।

No description available.