काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति विघटन गर्न पाउने बताएकी छन् ।
आधिकारिकतासम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुगेकी उनले काँग्रेसमा हाल देखिएको विवाद कुनै विवादको विषयवस्तु नै नभएको टिप्पणी गरेकी हुन् ।
काँग्रेसमा विवादको भन्दा विधानको विषयवस्तु महत्वपूर्ण भएको बताएकी छन् । उनले विधानको प्रक्रियालाई नै अनुसरण गरेर विशेष महाधिवेशन गरिएको दाबी गरिन्।
उनले काँग्रेसको विधानले महाधिवेशन प्रतिनिधिलाई शक्तिशाली बनाएको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति विघटन गर्न पाउने बताइन् । उनले आयोगलाई नेपाली काँग्रेसको विशेष महाधिवेशन प्रक्रिया अनुसार भएको छ कि छैन भनेर हेर्न मात्रै आग्रह गरिन् ।







