काठमाडौँ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेस कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्य समितिको बैठक डाकेको छ । बैठक भोलि बिहान ८ बजे पार्टी कार्यालयमा बस्ने छ ।
बैठकमा सहभागिताका लागि कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमिति सभापतिहरूलाई बोलाएको छ ।








