२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा संघसंस्थाले आवेदन दिएका छन् ।

विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट ३० प्रतिशत लागत सहभागिता जनाउने गरी ती सङ्घसंस्थाले प्रस्ताव पेस गरेको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिए ।

गत पुस २२ गते अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्थाको प्रस्ताव आह्वान गरिएको थियो । पन्ध्र दिन अवधि भएकाले केही संस्थाले आवेदन दिन बाँकी नै छ ।

विभागले मङ्सिर ११ गते सार्वजनिक सूचना प्रकाशन गर्दै, ज्येष्ठ नागरिकका लागि काम गर्ने संघसंस्थाहरूसँग प्रस्ताव माग गरेको थियो । नौ वटा संघसंस्थाको प्रस्ताव पेस भएको यस क्षेत्रको सहयोगका लागि रु २० लाख छ ।

गत पुस १५ गते अटिजमसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्य गर्ने संघसंस्थाका लागि सूचना प्रकाशन गरिएको थियो । यसमा रु २० लाख सहयोग रहेको छ । सहयोग प्राप्त गर्न ६ वटा संघसंस्थाको प्रस्ताव परेको छ । रु २० लाख लैङ्गिक तथा यौनिक अल्सड्ख्यक (एलजीवीटीक्युआइ) का लागि १७ गते सार्वजनिक सूचना प्रकाशन भएको थियो । यस क्षेत्रमा काम गर्न आठ वटा संघसंस्थाको प्रस्ताव परेको निरौलाले जानकारी दिए ।

गत पुस १ गते डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी, मस्कुलर डिस्ट्रोफी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रम गर्ने संघसंस्थासँग प्रस्ताव माग गरिएको थियो । रु ३० लाख बजेट विनियोजन भएको क्षेत्रमा काम गर्न १० वटा संघसंस्थाको प्रस्ताव पेस भएको छ ।

विभागका प्रमुख समीक्षा निरौलाका अनुसार ३० प्रतिशत लागत सहभागिता संस्था आफैँले बेहोर्ने गरी प्रस्ताव पेस भएको हो । यसमा कम सहयोग प्रस्ताव गर्नेले रु तीन लाख ५० हजार र धेरै सहयोग प्रस्ताव पेस गर्नेले रु ८१ लाखको आवेदन परेको छ ।

प्रस्ताव पेस गर्नेहरूबाट गरिने प्रस्तुतीकरणमा विगतमा गरेका काम र प्राप्त नतिजा, संस्थाको क्षमता, कामको प्रकृति, आवश्यकतालगायत सूचकका आधारमा अंक प्रदान गरेर सहयोग रकम प्रदानसम्बन्धी निर्णय प्रक्रिया अगाडि बढाइने निरौलाले जानकारी दिए ।