२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा माटोको अम्लीयपन बिग्रँदै

अ+ अ-

बनियानी (झापा) । झापाको माटोमा अम्लीयपन बढ्दै गएको छ । माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासहरू सन्तुलित मात्रामा हुनुपर्छ । तर, कृषि ज्ञान केन्द्र झापाले हालै दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालन गरेको मोटो परीक्षण घुम्ती शिविरबाट आएको नतिजामा अधिकांश नमूनामा यी तत्त्वहरू न्यून मात्रमा छन् । यसले माटोको स्वास्थ्य बिग्रिँदै गएको देखिन्छ । 

दमकमा ५२ र बुद्धशान्तिमा ५२ वटा गरी १०४ माटोको नमूना परीक्षण गर्दा करिब ६० प्रतिशत नतिजामा माटो अम्लीय रहेको पाइएको कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टले जानकारी दिए। “माटोमा कम्तीमा दुई प्रतिशत प्राङ्गारिक तत्त्व हुनुपर्छ, तर अधिकांश नमूनाको परीक्षणमा डेढ प्रतिशतभन्दा माथि छैन”, उनले भने, “माटोमा प्राङ्गारिक तत्त्व क्रमशः कम हुँदै गइरहेको छ ।”

त्यस्तै, दमकको ५२ माटोको नमूनामध्ये २७ वटा नमूनामा नाइट्रोजनको मात्रा न्यून मात्रामा रहेको पाइयो । ४५ नमूनामा पोटासको मात्रा न्यून रहेको पाइएको छ भने ३० वटा माटोको नमूनामा फस्फोरसको मात्रा न्यून रहेको पाइएको छ । केही नमूनामा यी तत्त्वको मात्रा मध्यम र केहीमा अत्यधिक रहेकोसमेत पाइएको छ । यस्तै, बुद्धशान्तिमा गरिएको ५२ वटा परीक्षणमा समेत माटोको अवस्था करिबकरिब दमककै जस्तै रहेको छ ।

माटो परीक्षणपछि किसानलाई खेतमा गोबर (कम्पोष्ट) मल र हरियो मलको प्रयोग गर्न सुझाव दिइएको छ भने माटाको अम्लीयपन घटाउन कृषि चुनको प्रयोग गर्न सिफारिस गरिएको कार्यालय प्रमुख विष्टले बताए । 

बिस्तारै असर देखिने

हाल झापामा माटोको गुणस्तर खस्कँदै गए पनि धान र मकैको उत्पादकत्व वृद्धि भएको तथ्यांकले देखाउँछ । रासायनिक मलको प्रयोग बढिरहेकाले उत्पादन वृद्धि भएको कार्यालय प्रमुख विष्ट बताउछन्।

“किसानले पहिला एक बिघामा ८० मन धान फलाउन जति मल प्रयोग गर्नुपर्थ्यो, अहिले त्यसको डेढ गुणा हाल्नुपर्ने अवस्था छ”, रासायनिक मलको प्रयोग बढेसँगै माटोमा अम्लीयपन बढ्दै गएको बताउँदै उनले भने, “तत्काल असर नदेखिए पनि यसले दीर्घकालीन रूपमा असर गर्छ ।”

माटोको गुणस्तर सुधारका लागि कार्यालयले गत वर्षमात्र करिब ४२ टन कृषि चुन वितरण गरेको थियो । स्थानीय तहले पनि कृषि चुन वितरण गरिरहेकाले यो वर्ष कार्यालयबाट कृषि चुन वितरण गरिएको छैन । माटो सुधारका लागि बाली लगाउनुभन्दा करिब ३० दिनअघि मात्रा मिलाएर कृषि चुनको प्रयोग गर्न प्रमुख विष्टको भनाइ छ ।

झापामा हाल एउटा मात्र माटो परीक्षण केन्द्र छ । कनकाई नगरपालिकास्थित सुरुङ्गामा मात्र माटो परीक्षण केन्द्रबाट वार्षिक दुई हजारदेखि दुई हजार ५०० वटासम्म माटो नमूना परीक्षण हुँदै आएको छ ।

हरेक पालिकाले माटो परीक्षण गर्ने सामान्य भए पनि ल्याब राख्नुपर्नेमा कृषि ज्ञान केन्द्र प्रमुख विष्टले जोड दिए। “एउटा मात्र ल्याबले सबैतिरको काम गर्न गाह्रो हुन्छ”, उनले भने, “केही पालिकाको कृषि शाखाले सामान्य माटो परीक्षणको काम गरिरहेका छन्, सबै पालिकाले सामान्य भए पनि ल्याब राख्न आवश्यक ।”