१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले उपनेता अर्यालको माग: ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’

अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा सांसद पद्माकुमारी अर्यालले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाले मुलुकभर निम्त्याएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल उद्धार र राहत कार्यलाई युद्ध स्तरमा अघि बढाउन माग गरेकी छन् । 

सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विपद्को यथार्थ विवरण सार्वजनिक गर्दै पीडितको सुरक्षित पुन:स्थापनाका लागि राष्ट्रिय गुरुयोजना आवश्यक रहेकोमा जोड दिएकी हुन् । सांसद अर्यालले विशेषगरी कालीगण्डकी तटीय क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिको विवरण प्रस्तुत गरिन् । प्रारम्भिक रिपोर्टअनुसार देशभर बाढी–पहिरोमा परी १३ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ४ जना घाइते भएका छन् । ४२९ घरधुरीका १५ सय नागरिक विस्थापित हुनुका साथै १८९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २७० घर उच्च जोखिममा छन् । 

आफ्नो जन्मथलो स्याङ्जाको सेतीवेणी क्षेत्रमा कालीगण्डकीको बाढीले पुर्‍याएको क्षतिको चर्चा गर्दै अर्यालले भनिन्, ‘स्याङ्जा र पर्वतको संगमस्थल सेती वेणीमा भौतिक संरचनासँगै धार्मिक र सांस्कृतिक सम्पदामा ठूलो क्षति पुगेको छ । स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बाढीले बगाउँदा जनजीवन कष्टकर बनेको छ । बाढी पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार, उपचार र खाद्यान्नको व्यवस्था गरिनुपर्छ । क्षतिग्रस्त सडक, पुल, विद्युत् र सञ्चार सेवाको तत्काल पुरस्थापना आवश्यक छ ।’ 

उनले तत्कालका लागि कालीगण्डकी जलविद्युत आयोजनाको बाँध हुँदै हर्मीचौरतर्फको सुरुङमार्ग प्रयोगको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । विपद् व्यवस्थापनका लागि सरकारले अपनाउनुपर्ने कार्ययोजनाबारे उनले पाँच बुँदे ध्यानाकर्षण गराइन् । साथै, उनले जोखिमयुक्त क्षेत्रका बस्तीहरूको दीर्घकालीन व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय गरी राष्ट्रिय गुरुयोजना निर्माण गर्न जोड दिइन् । सांसद अर्यालले विपद्को पूर्वानुमान र व्यवस्थापनमा देखिएका कानुनी अड्चन फुकाउन तत्काल आवश्यक कानुन निर्माण गर्नसमेत संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन् । 

0 Comments