१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस

अ अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बाढी र पहिरोले अवरुद्ध भएका मुख्य राजमार्गहरू दसैँअघि नै सुचारु गरिने बताएका छन् । 

सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा सचिव सिग्देलले चाडपर्व लक्षित यातायात व्यवस्थापन, पोडवे परियोजना र तौल पुलको समस्याका बारेमा सांसदहरूको जिज्ञासामा यस्तो प्रतिबद्धता जनाएका हुन् । सचिव सिग्देलले पछिल्लो बाढी–पहिरोले कालीगण्डकी करिडोर, पृथ्वी र त्रिभुवन राजमार्गलगायतका सडक सञ्जालमा पुर्‍याएको क्षतिबारे जानकारी गराउँदै मन्त्रालयले ‘फुल इफोर्ट’मा काम गरिरहेको बताए । उनले विशेषगरी पृथ्वी राजमार्गलाई २४ घण्टाभित्र र वीपी राजमार्गलाई दसैँ अगावै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जानकारी दिए । यातायात व्यवसायीसँगको समन्वयमा अग्रिम बुकिङ र प्रभावकारी अनुगमनको तयारी भइरहेको उल्लेख गर्दै सचिव सिग्देलले स्मार्ट ट्राफिक व्यवस्थापनका लागि प्रविधिको प्रयोगमा मन्त्रालय प्रतिबद्ध रहेको बताए । 

उनले भने, ‘हामीले अनुगमनलाई कडाइ गर्नेछौँ र संसदीय समितिले दिने निर्देशनलाई पूर्ण पालना गर्छौँ । पोडवे आफैँमा पूर्ण टेस्टेड प्रविधि नभए पनि लगानीकर्ता विश्वसनीय छन् भने हामी बाजागाजासहित स्वागत गर्न तयार छौँ ।’

पोडवे परियोजनाका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले मन्त्रालयले विदेशी लगानीलाई सधैँ स्वागत गर्ने तर लाइसेन्स ओगटेर काम नगर्ने प्रवृत्तिप्रति भने सरकार गम्भीर रहेको स्पष्ट पारे। यस्तै, लामो समयदेखि बिग्रिएर विवादित बनेको रामनगरको तौल पुल (वे–ब्रिज) का सम्बन्धमा समितिले एक हप्ताभित्र काम सक्न निर्देशन दिएको छ । सो पुलमा ६५० को आइ–बिम राखेर रिफर्बिस गरिने र एक हप्ताभित्र काम सम्पन्न गर्ने सचिवले प्रतिबद्धता जनाए । समितिका सदस्यहरूले भौतिक पूर्वाधारसँग जोडिएका यस्ता विषयमा थप गहिरो छलफल आवश्यक रहेको भन्दै उपसमितिमार्फत अनुगमन गर्ने निर्णय गरेका छन् । 

0 Comments