२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुक्तानी संकटबीच स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले छाडे पद

अ+ अ-

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत भुक्तानी संकट चुलिँदै गएको अवस्थामा स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

तनहुँका काफ्ले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए। स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका क्रममा सेवा प्रदायक संस्थालाई दिनुपर्ने भुक्तानी रकम लगातार बढ्दै जाँदा बोर्ड गम्भीर दबाबमा परेको अवस्थामा उनको राजीनामा आएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ । 

हाल स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ। लामो समयदेखि भुक्तानी नपाएको भन्दै ठुला सरकारी अस्पतालहरूले सार्वजनिक सूचना जारी गरी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् भने केही अस्पतालहरू सेवा रोक्ने तयारीमा रहेको जनाइएको छ।

भुक्तानी अभावकै कारण स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र निरन्तरतामाथि प्रश्न उठ्दै आएका छन्। सेवाग्राहीहरूले पनि समयमा सेवा नपाउने, अस्पतालहरूले बीमाअन्तर्गत उपचार गर्न आनाकानी गर्ने जस्ता समस्या भोग्दै आएका छन्।

निर्देशक काफ्लेको राजीनामासँगै स्वास्थ्य बीमा बोर्डको नेतृत्व रिक्त बनेको छ। बोर्डको वर्तमान अवस्था, भुक्तानी व्यवस्थापन र कार्यक्रम सुधारका विषयमा सरकारको आगामी कदमप्रति चासो बढेको छ।