२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अब टिकटमा गगन थापाको हस्ताक्षर हुन्छ, सहमतिमा उम्मेदवार चयन गरौँ’ : मीन विश्वकर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका टिकटमा सभापति गगन थापाको हस्ताक्षर हुने भन्दै सबै नेताहरू मिलेर सहमतिमा नै उम्मेदवार चयन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार विश्वकर्माले उक्त आह्वान गरेका हुन् । निर्वाचन आयोगमा आधिकारिकताको विवाद हुँदा पूर्वसभापति शेरबहादुर देउवाको तर्फबाट उपस्थित भएका विश्वप्रकाश शर्मा र गगन थापाको पक्षमा खुलेका हुन् ।

‘हिजो भदौ २४ को उपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराउन सक्छ । हिजो उम्मेदवारको टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवाद थियो । आधामा देउवाले गर्नु भयो, बाँकीमा अब गगन थापाले गर्नुहुन्छ । सबैको सहमतिमा उम्मेदवार चयन गरौँ, ’विश्वकर्माले भनेका छन्, ‘उत्साहका साथ निर्वाचनमा काँग्रेसी उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण बनाऔँ । यसका लागि देउवा, गगन, पूर्णबहादुर, शेखर एक ठाउँमा अहिल्यै बस्नुस् । घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस् ।’

पार्टीमा झगडा गर्न नहुने पनि विश्वकर्माको भनाइ छ । देउवा पक्षबाट सर्वोच्च अदालतमा रिट दायर भएको अवस्थामा विश्वकर्माले झगडा गर्न नहुने बताएका हुन् । ‘विवाद अब आयोग मात्रै होइन अदालत पुगिसक्यो । अब झगडा अदालतमा छोडौँ । परिणाम जे आउँछ मान्न तयार बनौँ । हिजो भदौ २४ मा घर छोड्न तयार भयौँ ज्यानका लागि, आज घमण्ड त्याग्न तयार बनौँ पार्टीका लागि, ’उनले भनेका छन् ।

पार्टी एक बनेमा मात्रै काँग्रेसका उम्मेदवारले आगामी निर्वाचनमा जित हासिल गर्न सक्ने विश्वकर्माको भनाइ छ ।

पुस २०-३० मा आयोजना भएको काँग्रेसको दोस्रो महाधिवेशनबाट गगन थापा सभापति बनेका छन् । त्यसपछि देउवा समूहका नेताहरू निर्वाचन आयोगदेखि अदालतसम्म पुगेका छन् ।