२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

अ+ अ-

भोजपुर । परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो ।

यही माघ ४ गतेबाट सुरु भएको तालिम फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । एक महिनासम्म चल्ने तालिममा स्थानीय पाँच जना महिलाको सक्रिय सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । तालिममा भेडाको ऊन प्रशोधनदेखि लिएर परम्परागत ढाँचामा राडीपाखी बुन्नेसम्मका सीप व्यवहारिक रूपमा सिकाइने छ । 

स्थानीय सीपको प्रवर्द्धन गर्दै आर्थिक र पर्यटनसँग जोडेर भेडापालक किसानलाई हौसला प्रदान गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। 

राडीपाखी उत्पादनलाई पर्यटक लक्षित सामग्रीका रूपमा विकास गर्न सकिने भएकाले भेडापालन र स्थानीय उत्पादन प्रवर्द्धनमा तालिमले महत्त्वपूर्ण टेवा पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ । 

“हामीले परम्परागत राडीपाखी बुन्ने सीपको संरक्षण गर्दै यसलाई आर्थिक उपार्जन र पर्यटनसँग जोड्ने योजना बनाएका छौँ,” अध्यक्ष बस्नेतले भने, “यसले स्थानीय महिलाको रोजगारी सिर्जना गर्नुका साथै भेडापालनप्रति आकर्षण बढाउने विश्वास लिएका छौँ ।”

उनका अनुसार मुन्दुम पदमार्ग क्षेत्र टेम्केमेयुङको प्रमुख पर्यटकीय आकर्षणको रूपमा विकसित हुँदै गएको छ । सो पदमार्ग आसपास हाल करिब ११ वटा भेडीगोठ सञ्चालनमा रहेका छन् । 

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार पुर्खौली रूपमा गरिँदै आएको भेडापालन पेसाबाट उत्पादन हुने ऊनको स्थानीयस्तरमै प्रयोग बढाउने र यसमा संलग्न किसानको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिमले परम्परागत सीपको संरक्षणसँगै सीपको पुस्तान्तरणमासमेत सहयोग पुर्‍याउने उनको भनाइ छ । 

राडीपाखी किरात समुदायको संस्कार, संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएको वस्तु भएकाले यसको संरक्षण आवश्यक रहेको उपाध्यक्ष राईको भनाइ छ । स्थानीय महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउँदै सांस्कृतिक सम्पदाको संरक्षण गर्न तालिमले टेवा पुग्ने उनको भनाइ छ । 

गाउँपालिकाले आगामी दिनमा तालिममा सहभागी महिलालाई उत्पादित राडीपाखीको बजारीकरण, प्रदर्शनी तथा पर्यटनसँग जोड्ने कार्यक्रमसमेत अघि बढाउने तयारी गरेको छ । यसले स्थानीय सीप, संस्कृति र अर्थतन्त्रलाई एकसाथ मजबुत बनाउने सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।