काठमाडौँ। रास्वपाबाट गुल्मी १ मा सागर ढकाल चुनाव लड्ने भएका छन्। ढकालले आफू गुल्मी १ बाट चुनाव लड्ने जानकारी गराएका छन्।
यहाँ एमालेबाट प्रदीप ज्ञवाली र काँग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बनेका छन्।
ढकाल अघिल्लो चुनावमा डडेल्धुराबाट शेरबहादुर देउवासँग चुनाव लडेका थिए। गएको निर्वाचनमा यो क्षेत्रमा काँग्रेस नेता भण्डारीले जितेका थिए।







