काठमाडौँ । शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।
देउवाको स्वकीय सचिवालयले उनी निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय भएको औपचारिक रूपमा जानकारी दिएको हो।
“नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।” भानु देउवाले भनेका छन् ।







