काठमाडौँ । गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगको कार्यम्याद पुनः थप हुने भएको छ ।
आयोगले तोकिएको समयभित्र सबै काम सम्पन्न गर्न नसकेपछि म्याद थप गर्न माग गरेको हो ।
आयोगले विविध कारणले कार्य सम्पन्न हुन नसकेको जनाउँदै थप २० दिनको म्याद आवश्यक भएको भन्दै सरकारसँग म्याद थपका लागि पत्राचार गरेको हो ।







