काठमाडौँ । पत्रकार ऋषि धमलाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आम जनता पार्टीबाट उम्मेदवारी दिएका छन्।
धमलाले रौतहट-४ बाट उम्मेदवारी दिएका हुन्। उनकी श्रीमती एलिजा गौतमले पनि आम जनता पार्टीमै आबद्ध छिन्। धमलाले प्राइम टिमी, रिपोटर्स क्लब लगायत सञ्चालन गर्दै आएका छन्।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह रहेका छन्।







