२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा

अ+ अ-

राँझा (बाँके) । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलवार उत्साहपूर्ण रूपमा उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

क्षेत्र नम्बर १ मा १६, क्षेत्र नम्बर २ मा २२ र क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट नारायण गौडेल, नेकपा (एमाले)बाट सूर्यप्रसाद ढकाल, नेपाली कम्युनिस्ट पार्टीबाट नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेश चौधरी, राप्रपाबाट प्रदीपकुमार शाहलगायतले उम्मेदवारी दर्ता गरेका निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जानकारी दिए । 

क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट सुधांशु कोइराला, नेकपा (एमाले)बाट मोहमद इस्तियाक राई, नेपाली कम्युनिष्ट पार्टीबाट दिपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेककुमार श्रेष्ठ, राप्रपाबाट ऋषिराज देवकोटालगायतले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट अमरसिंह पुन, नेकपा (एमाले)बाट सुमन मल्ल, नेपाली कम्युनिष्ट पार्टीबाट दिपक जीएम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार र राप्रपाबाट तारकसिंह थारुलगायतले उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा, क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्ज रामलिला मैदानस्थित पशु सेवा तालिम केन्द्रमा र क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय खजुरास्थित कपास विकास समितिको कार्यालयमा स्थापना गरिएको छ ।