२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

अ+ अ-

बागमती । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरू मकवानपुरका गाउँगाउँमा मत माग्न पुगेपछि त्यहाँ चुनावी चहलपहल पनि प्रारम्भ भएको छ । 

विभिन्न पार्टीका स्थानीय मात्र होइन केन्द्रीय तहका नेता घरदैलो गर्न थालेसँगै गाउँबस्ती गुलजार भएका छन् । आफ्ना आन्तरिक बैठक र छलफलसँगै मतदाताका घरआँगनमा आफूहरू उम्मेदवारका साथ पुगेको नेपाली कांग्रेस हेटौँडा नगरसमितिका सभापति उत्सव इटेनीले बताए । 

नेपाली कम्युनिष्ट पार्टी मकवानपुरका नेता सर्केश घलान पनि  दलका नेता कार्यकर्ताका साथ उम्मेदवार गाउँगाउँ पुगेकाले निर्वाचनको वातावरण बनेको उनले बताए । 

मकवानपुरमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रमा पुराना र नयाँ उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । 

मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय, नेकपा एमालेका केन्द्रीय सदस्य  रामेश्वर राणा, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रकाश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निवर्तमान सांसद दीपकबहादुर सिंह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठसहित २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

यसैगरी, क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एमालेका केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै सो क्षेत्रमा नेपाली कांग्रेसबाट बुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टीबाट लवशेर विष्ट, रास्वपाबाट प्रशान्त उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट र श्रम संस्कृति पार्टीबाट युनिश लामासहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

वाग्मती प्रदेश निर्वाचन कार्यालयका अनुसार  मकवानपुरमा  एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य पाँच गरी कूल तीन लाख १५ हजार ३३४ जना मतदाता कायम छन् ।