२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरदैलो अभियानमा विकास उपलब्धि प्रस्तुत गर्न पार्टी पंक्तिलाई ओलीको निर्देशन 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ५ का पार्टी नेता तथा कार्यकर्तालाई प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। उनले मतदातासम्म घरदैलोमार्फत पुगेर पार्टीका गतिविधि र उपलब्धिबारे स्पष्ट जानकारी गराउन आवश्यक रहेको बताएका छन्।

झापा-५ को क्षेत्रीय समन्वय समितिद्वारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण संरचना सक्रिय रूपमा परिचालित हुनुपर्ने उल्लेख गरे। उनले मतदातालाई एमालेप्रति भरोसा जगाउने गरी योजनाबद्ध प्रचारमा लाग्न आग्रह गरेका छन्।

अध्यक्ष ओलीका अनुसार उक्त क्षेत्रमा एमालेको नेतृत्वमा सम्पन्न विकास निर्माणका कामहरू नै निर्वाचनमा जनसमर्थन प्राप्त गर्न पर्याप्त आधार हुन्। बैठकमा सहभागी केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेताहरूलाई विपक्षीबाट फैलाइएका भ्रमको खण्डन गर्दै संगठित रूपमा प्रचार अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ।

उनले निर्वाचन अभियानमा दृढतापूर्वक जुट्न पार्टी पंक्तिलाई आह्वान गर्दै हालसालै भएका भदौ २३ र २४ गतेका घटनाप्रति पनि टिप्पणी गरे। अध्यक्ष ओलीले ती घटनाले देशलाई अस्थिरतातर्फ धकेल्ने उद्देश्य बोकेको दाबी गर्दै प्रारम्भिक चरणका केही माग स्वाभाविक देखिए पनि त्यसपछि भएको घुसपैठका कारण अवस्था जटिल बनेको धारणा व्यक्त गरे।