२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ वर्षमाथिका बालबिज्याइँकर्तालाई नुवाकोट स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीमा सञ्चालनमा रहेको बाल सुधार गृहमा रहेका १८ वर्ष उमेर पूरा गरिसकेका बालबिज्याइँकर्तालाई नुवाकोटमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

सानोठिमीस्थित सुधार गृहमा माघ ८ गते भएको झडपपछि उत्पन्न परिस्थितिको दीर्घकालीन समाधानका विषयमा गृह मन्त्रालयमा आयोजित छलफलका क्रममा उक्त निर्देशन दिइएको हो। छलफलमा गृहमन्त्री अर्यालसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए।

गृहमन्त्री अर्यालले १८ वर्ष नाघेका र कम उमेरका बालबिज्याइँकर्तालाई एउटै स्थानमा राखिँदा पटक-पटक समस्या देखिँदै आएको उल्लेख गर्दै सुधार गृह सञ्चालनमा मानव अधिकारको पूर्ण सम्मान हुनुपर्ने तर दण्डहीनता स्वीकार गर्न नसकिने स्पष्ट पारे।

उनले यस्ता घटना पुनः नदोहोरिन सुनिश्चित गर्न तथा सुधार गृहको व्यवस्थापन प्रणाली प्रभावकारी बनाउन सम्बन्धित सुरक्षा निकाय र जिम्मेवार पदाधिकारीलाई आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

सरकारले समस्याको स्थायी समाधानका लागि मन्त्रिपरिषद्को निर्णयअनुसार नुवाकोट कारागारको खाली ब्लकलाई बाल सुधार गृहको रूपमा प्रयोग गर्ने तयारी अघि बढाएको छ। उक्त स्थानमा १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई स्थानान्तरण गर्ने योजना कार्यान्वयनको चरणमा रहेको गृह मन्त्रालयले जनाएको छ।