२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचनलाई लक्षित गर्दै हिंसारहित सुरक्षा व्यवस्थापनमा सरकार केन्द्रित छ’ : प्रधानमन्त्री कार्की

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको दिगो स्थायित्व सुनिश्चित गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ अघि बढिरहेको स्पष्ट गरेकी छन्। उनले बदलिँदो समयसँगै सुरक्षा चुनौतीहरूको स्वरूप पनि परिवर्तित हुँदै गएको उल्लेख गर्दै त्यसअनुसार रणनीतिक तयारी आवश्यक रहेको धारणा राखिन्।

शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन्। उनले आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखी सम्भावित जोखिमहरूको सूक्ष्म विश्लेषण गर्दै उच्च सतर्कता र पेशागत दक्षतासहित जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन्।

प्रधानमन्त्रीले निर्वाचन सुरक्षाका लागि सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय भइसकेको जानकारी दिँदै निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको हिंसा नहोस् भन्ने सरकारको स्पष्ट लक्ष्य रहेको बताइन्। उनले एक थोपा पनि रगत नबग्ने र कसैलाई पनि चोटपटक नलाग्ने गरी सुरक्षा व्यवस्थापन सुनिश्चित गर्न जोड दिइन्।

निर्वाचन सफल बनाउन सबै सुरक्षा निकायबाट उच्चस्तरीय पेशागत क्षमता प्रदर्शन हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले समन्वय, सतर्कता र अनुशासनलाई प्राथमिकतामा राख्न निर्देशन दिइन्।