२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरी दिवसमा दुई उपरीक्षकलाई उत्कृष्ट आचरण र सेवाका लागि सम्मान

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा दुई जना प्रहरी उपरीक्षक (डीएसपी) विशेष सम्मानबाट पुरस्कृत भएका छन्। संगठनभित्र इमान्दारी, कर्तव्यनिष्ठा र व्यावसायिक योगदानलाई कदर गर्दै ‘उत्कृष्ट निष्ठा अवार्ड’ तथा एपीएफ सम्मान प्रदान गरिएको हो।

शुक्रबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोकमा आयोजित प्रभातकालीन विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डीएसपी लोकेन्द्र सुब्बा र डीएसपी दीपक कोइरालालाई सम्बन्धित सम्मान हस्तान्तरण गरेका हुन्। डीएसपी सुब्बालाई ‘उत्कृष्ट निष्ठा अवार्ड’ र डीएसपी कोइरालालाई एपीएफ सम्मान प्रदान गरिएको हो।

उक्त निष्ठा अवार्ड कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका डीएसपी सुमन थपलियाको स्मृतिमा स्थापना गरिएको हो। यस अवार्डअन्तर्गत २५ हजार रुपैयाँ नगद राशी समेत प्रदान गरिन्छ। हाल सशस्त्र प्रहरी बलको नम्बर ३७ रिजर्भ गण, पकली (सुनसरी) मा कार्यरत डीएसपी सुब्बाले विभिन्न स्थानमा जिम्मेवारी सम्हाल्ने क्रममा राजस्व संकलन प्रवर्द्धन तथा अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

एपीएफ सम्मानबाट पुरस्कृत डीएसपी दीपक कोइराला विभिन्न कार्यक्षेत्रमा खटिँदा इमान्दारी, अनुशासन र बहुआयामिक क्षमताका कारण संगठनभित्र सकारात्मक पहिचान बनाउन सफल भएको मूल्याङ्कनका आधारमा सम्मानित भएका हुन्।

सशस्त्र प्रहरी बलले दिवसको अवसरमा उत्कृष्ट सेवा, आचरण र योगदानलाई संस्थागत रूपमा प्रोत्साहन गर्ने नीति अनुसार यस्ता सम्मान प्रदान गर्दै आएको जनाएको छ।