२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुरक्षा निकायको क्षमता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको छ’ : गृहमन्त्री अर्याल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको समग्र विकास र राष्ट्र निर्माण बहुआयामिक सहकार्यबाट मात्र सम्भव हुने स्पष्ट गर्दै सुरक्षा निकायको क्षमता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। उनले सुरक्षा संगठनलाई प्रविधिमैत्री, आधुनिक र छिटो परिचालन गर्न सकिने बनाउने दिशामा नीतिगत पहल अघि बढाइएको जानकारी दिए।

शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा आयोजित औपचारिक कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले गृह मन्त्रालय दीर्घकालीन महत्वका योजना कार्यान्वयनमा सहायक भूमिकामा केन्द्रित रहेको उल्लेख गरे। मन्त्रालयमा प्रस्तुत हुने प्रस्तावहरूलाई अवरोध होइन, सहयोगका रूपमा लिँदै रचनात्मक ढंगले अघि बढाइँदै आएको उनको भनाइ थियो।

उनले राष्ट्र निर्माण कुनै एक संस्थाको एकल प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै सीमा सुरक्षालाई दिगो र संस्थागत बनाउने लक्ष्यका साथ सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा केन्द्रित गर्ने रणनीति निरन्तर कार्यान्वयनमा रहेको बताए। अन्तर्राष्ट्रिय अभ्यास र नयाँ मान्यताअनुसार सीमा चौकीहरूको विस्तार, विद्यमान संरचनाको आधुनिकीकरण तथा संगठनलाई प्रविधिमा आधारित लचिलो र द्रुत परिचालनयोग्य बनाउने विषयमा सरकारको ध्यान केन्द्रित रहेको उनले स्पष्ट पारे।

गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण र सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक नीतिगत तथा संरचनागत सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।