२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका आठ जिल्लामा एमाले-प्रलोपाबीच चुनावी तालमेल गर्ने सहमति

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका अधिकांश जिल्लामा नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच आगामी निर्वाचनका लागि आपसी सहकार्य गर्ने निर्णय भएको छ। दुवै दलले कर्णालीका १० जिल्लामध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा चुनावी तालमेल गर्ने समझदारी बनाएका हुन्।

उक्त सहमतिसम्बन्धी दस्तावेजमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष परिषद्का सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार सम्बन्धित जिल्लाहरूमा उम्मेदवार व्यवस्थापन र चुनावी सहयोग समन्वयात्मक रूपमा अघि बढाइने जनाइएको छ।

हुम्ला जिल्लामा भने दुवै दलबीच तालमेल नहुने भएको छ। त्यहाँ नेकपा एमालेबाट दल फडेरा र प्रलोपाबाट जटिल कार्की चुनावी प्रतिस्पर्धामा छन्। यस जिल्लामा नेपाली काँग्रेसका जयपति रोकाया, नेपाली कम्युनिस्ट पार्टीका डा. दीपेन्द्र रोकाया, राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढा तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी टासी ल्हान्जोमसमेत उम्मेदवार रहेका छन्।

जुम्ला जिल्लामा पनि तालमेल लागू नहुने भएको छ। यहाँ नेकपा एमालेका तर्फबाट शान्तिलाल महत र प्रलोपाबाट मनऋषि धिताल उम्मेदवार छन्। साथै नेपाली काँग्रेसका दीपबहादुर खत्री, नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीकी विनीता कठायत, नेकपा माओवादी केन्द्रका बिर्खबहादुर शाही र नेपाल मजदुर किसान पार्टीका बिर्ख रावतसहित अन्य उम्मेदवारहरू चुनावी मैदानमा छन्।

यसैगरी सहमतिअनुसार साविक राप्ती अञ्चल अन्तर्गतका जिल्लाहरूमा प्रलोपाले नेकपा एमालेलाई समर्थन गर्ने र रुकुम पूर्व तथा रुकुम पश्चिम जिल्लामा नेकपा एमालेले प्रलोपाका उम्मेदवारलाई सहयोग गर्ने व्यवस्था मिलाइएको छ।