२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’लाई झलनाथले भने : ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकलौटी निर्णय गर्दै गए पार्टी फुट्ने चेतावनी दिएका छन्। 

आज बिहान सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरण घोषणा भएको लामो समय नेकपाको नेतृत्वदायी कमिटी नै नबनाउने र संस्थागत निर्णय प्रक्रिया विकसित नहुँदा पार्टी फुटतर्फ जाने चेतावनी दिएका हुन्। 

खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई पार्टीबाट निष्कासन गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको बताएका छन् । 

पार्टी एकीकरणको घोषणा भएको लामो समय बितिसक्दा पनि नेतृत्वदायी कमिटी बन्न नसकेको र संस्थागत निर्णय प्रक्रिया विकास नभएको भन्दै उनले एकाध व्यक्तिको चाहनामा ठुला निर्णय हुन थालेको आरोप लगाएका छन् । पार्टीका अन्य घटकबाट आएका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यमबाट कारबाहीको खबर सार्वजनिक गरिनु विधि र पद्धति विपरीत भएको खनालेको भनाइ छ । 

नेता खनालले गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन संयोजक प्रचण्डसँग माग गरेका छन् । उनले किन यस्तो कदम चाल्नुपर्‍यो भन्ने विषयमा पार्टीभित्र गम्भीर समीक्षा र दोहोरो छलफल हुनुपर्ने बताएका छन् । पार्टीमा अधिनायकवादी शैली हाबी भएको भन्दै उनले सामूहिक निर्णय र नेतृत्व प्रणाली स्थापित गर्न नसके पार्टी दुर्घटनामा जाने चेतावनी दिएका छन् ।

आम निर्वाचन नजिकिँदै गर्दा कम्युनिस्टहरूबिच नीतिनिष्ठ एकता आवश्यक रहे पनि नेतृत्वको कार्यशैलीले समस्या निम्त्याएको खनालको निष्कर्ष छ । उनले नेतृत्व नसच्चिए पार्टी एकीकरण भई नसक्दै विशृंखलतातिर जाने र फुट्ने खतरा रहेको स्पष्ट पारेका छन् । मुलुकविरुद्ध भित्री र बाहिरी षड्यन्त्र भइरहेको बेला पार्टीलाई संस्थागत बनाउनुको साटो व्यक्तिवादी निर्णय हाबी भएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

उनले सामूहिक निर्णय प्रक्रिया अगाडि नबढाए एकीकरण भई नसक्दै विश्रृंखलातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने टिप्पणी गरेका छन्।