२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन 

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थापनमा कुनै पनि प्रकारको कमजोरी स्वीकार्य नहुने स्पष्ट निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा माघ ११ गतेदेखि विभिन्न कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई निर्देशन दिँदै महानिरीक्षक अर्यालले सुरक्षा व्यवस्थापनमा त्रुटि गर्ने व्यक्ति वा कमाण्ड तहका जिम्मेवारमाथि तत्काल कारबाही गरिने चेतावनी दिएका हुन् ।

उनले निर्वाचन केन्द्रित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यावसायिकता, तत्परता र समन्वयका साथ परिचालित हुन निर्देशन दिए । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन संगठनको सम्पूर्ण संयन्त्र सक्रिय हुनुपर्ने उल्लेख गर्दै कमजोर नेतृत्व र लापरवाही देखिएमा कडा कारबाही गरिने बताए ।

महानिरीक्षक अर्यालले कमाण्डको जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई पदअनुसारको उत्तरदायित्व बहन गर्दै आचारसंहिताको पूर्ण पालना गराई मातहतका कर्मचारी परिचालन गर्न निर्देशन दिएका छन् । कार्यक्षेत्रमा अनुशासनहीनता, बदमासी वा गैरकानुनी गतिविधिमा संलग्न भएमा तुरुन्तै कारबाही हुने उनले स्पष्ट पारे ।

त्यसैगरी संगठनको दीर्घकालीन सोच र नीतिअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उनले राजस्व चुहावट नियन्त्रण, सीमा सुरक्षामा सक्रियता, नियमित गस्ती, पेट्रोलिङ र सञ्चालनात्मक गतिविधि प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिए । आर्थिक पारदर्शिता कायम गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।