काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुँदै सक्रिय राजनीतिक यात्राको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सोमबार सार्वजनिक जानकारीअनुसार उनले पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेन शाहसँगको तस्बिर साझा गर्दै आफ्नो राजनीतिक संलग्नताको औपचारिकता पुष्टि गरेका हुन् । उनले उक्त निर्णयलाई व्यक्तिगत जीवनको गम्भीर र चुनौतीपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रकाश सपुतलाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलित समूहबाट उम्मेदवारको रूपमा अघि सारेको छ ।







