२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन, विज्ञ टोली गठन

अ+ अ-

काठमाडौँ । टेरामक्स प्रणाली खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्राविधिक पक्षको यथार्थ मूल्यांकन र आवश्यक कागजात संकलनका लागि थप कदम चाल्ने निर्णय गरेको छ । 

अदालतले प्रणालीको गुणस्तर तथा तोकिएका मापदण्ड पालना भएको/नभएको परीक्षण गर्न विज्ञहरूको टोली गठन गर्ने र खरिद प्रक्रियासँग सम्बन्धित महत्वपूर्ण सक्कल अभिलेख झिकाउन आदेश दिएको हो ।

पूर्वमन्त्री मोहन बस्नेतसमेत प्रतिवादी रहेका यस मुद्दामा मंगलबार भएको सुनुवाइपछि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलासले दुई प्रकारका प्रमाण प्रस्तुत गराउन निर्देशन दिएको हो । सोअनुसार, २०८० साल पुस १२ गते प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई खरिद कार्य यथास्थितिमा राख्न दिएको निर्देशनसम्बन्धी कागजात अदालतमा पेस गर्न भनिएको छ ।

यसैगरी, जडान भइसकेको टेरामक्स प्रणाली सम्झौताअनुसारको गुणस्तरमा रहेको वा नरहेको यकिन गर्न नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ इन्जिनियरको संयोजकत्वमा प्राविधिक विज्ञ समूह गठन गरिएको छ । उक्त समूहमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारीसमेत रहने व्यवस्था गरिएको छ । समूहलाई प्रणालीको प्राविधिक परीक्षण गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको अदालतले जनाएको छ ।