२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटाइने

अ+ अ-

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लिखित र अन्तर्वार्ता परीक्षामार्फत वैकल्पिकसहित दुई हजार ९४० जनाको नाम प्रकाशित गरिएको हो । एक सय ७४ जनाको नाम वैकल्पिकमा राखिएको छ । उनीहरूलाई यही माघ १८ गतेदेखि तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइने उनले जानकारी दिए।

उनका अनुसार निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बल नेपालतर्फ ३२५ जना निर्वाचनमा खटिने छन् । जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय गीतानगर, इलाका प्रहरी कार्यालय भण्डारा, इलाका प्रहरी कार्यालय खैरहनी, इलाका प्रहरी कार्यालय चनौली, इलाका प्रहरी कार्यालय माडी, इलाका प्रहरी कार्यालय मुग्लिन, इलाका प्रहरी कार्यालय जुटपानी र वडा प्रहरी कार्यालय नारायणगढमा निर्वाचन प्रहरीलाई तालिम दिने व्यवस्था मिलाइएको छ ।

माघ  २५ गतेदेखि निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटिने छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ)को मातहतमा निर्वाचन प्रहरी परिचालन हुनेछन् । एक महिनासम्म काम गरेर २५ फागुनमा निर्वाचन प्रहरीलाई बिदाइ गरिने छ ।