२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँखा रोगीको खोजी गर्दै पौवादुङमा

अ+ अ-

भोजपुर । ग्रामीण भेगमा रहेका आँखा रोगीको पहिचान गर्दै उनीहरूलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा नि:शुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । गाउँघरमै पुगेर सेवा प्रवाह गर्ने लक्ष्यसहित गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाको समन्वयमा नवदृष्टि आँखा अस्पताल प्रा.लि. खाँदबारी–१ तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने भएको छ । स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडा वडामा शिविर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।  

अध्यक्ष राईका अनुसार यही माघ १८ देखि २३ गतेसम्म शिविर सञ्चालन गरिनेछ । गाउँघरमा रहेका आँखा रोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । “स्थानीय सरकारको सेवालाई गाउँस्तरसम्म सहज रूपमा विस्तार गर्दै आँखा रोगीको पहिचान र उपचार गर्न शिविर सञ्चालन गर्न लागेका हौँ । सबै वडामा शिविर सञ्चालन गरेर नागरिकलाई घरनजिकै सेवा प्रदान गर्नेछौँ”, अध्यक्ष राईले भने । 

यही माघ १८ गते वडा नं ५ सानोदुम्मा, माघ १९ गते वडा नं ४ बास्तिम, माघ २० गते वडा नं ६ ठूलोदुम्मा, माघ २१ गते वडा नं २ तिवारीभञ्ज्याङ, माघ २२ गते वडा नं १ श्यामशिला र माघ २३ गते वडा नं ३ च्याङ्ग्रेमा शिविर सञ्चालन गरिनेछ । शिविरमा निस्शुल्क आँखा तथा चस्मा जाँच, औषधि वितरणलगायत सेवा उपलब्ध गराइनेछ । मोतियाविन्दुका कारण आँखा नदेख्ने बिरामीको नवदृष्टि आँखा अस्पताल तुम्लिङटारमा निस्शुल्क शल्यक्रिया गरिने अध्यक्ष राईले बताए। 

मोतियाविन्दुको शल्यक्रियामा ‘फोल्डेबल लेन्स’ प्रयोग गर्न चाहेमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी, शल्यक्रिया गर्नुपर्ने बिरामीको नि:शुल्क ल्याब परीक्षण, आँखामा मासु (प्टेरिजियम) पलाएको अवस्थामा शल्यक्रियामा २० प्रतिशत छुट तथा सहुलियत दरमा चस्मा उपलब्ध गराइने छ । गाउँपालिकाले सबै वडावासीलाई तोकिएको स्थानमा उपस्थित भई नि:शुल्क सेवा लिन आग्रह गरेको छ ।