२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

अ+ अ-

काठमाडौँ । मोरङमा एक युवकले मंगलबार बिहान श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।  

रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

उनका अनुसार सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । ससुराली घरमै श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनले बताए ।   ‘श्रीमानले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको हो ।’ श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, लामिछानेले प्रशासनलाई भने, ‘घटना बिहान पौने तिन बजेतिरको हो । बाँकी अनुसन्धान भईरहेको छ ।’ 

उनक अनुसार घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेका हुन् ।  ‘उनीबीचमा कस्तो विवाद भएको हो भनेर यकिन छैन,’ उनले भने .

मुकेशको पनि घटनास्थलमै मृत्यु भएको हो । दुवै जनाको शव हाल घटनास्थलमै छ ।  घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।