२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै

अ+ अ-

धरान (सुनसरी) । खेल प्रवर्द्धन तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले धरानमा यही माघ २३ गते बक्सिङ ‘फाइट नाइट २०२६’ प्रतियोगिता आयोजना हुने भएको छ ।

धरान बक्सिङ संस्थाको आयोजनामा धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङहिम हलमा बक्सिङ ‘फाइट नाइटको दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । साँझ ४ बजेदेखि सुरु हुने प्रतियोगितामा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएको छ ।

धरानमा बक्सिङ खेलको विकास, विस्तार र प्रवर्द्धन गर्दै युवालाई खेलमार्फत अनुशासित, सक्रिय र सामाजिक रूपमा जिम्मेवार बनाउने उद्देश्यसहित २०८१ सालमा धरान बक्सिङ संस्था स्थापना गरिएको संस्थाका सचिव महेश आले मगरले बताए।

प्रतियोगितामा खेलाडीहरूले प्रोफेसनल र एमेचर गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रोफेसनल प्रतिस्पर्धामा कोशी प्रदेशअन्तर्गत धरान, धनकुटा, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल प्रहरी क्लबका खेलाडी सहभागी हुनेछन् । बागमती प्रदेशबाट काठमाडौँ र मकवानपुरका खेलाडीको सहभागिता रहनेछन् भने एमेचर विधातर्फ धरान, धनकुटा, उदयपुर र झापाका खेलाडी सहभागी हुने सचिव मगरले जानकारी दिए।

प्रतियोगिताको प्रोफेसनल तर्फको विजेताले नगद रु ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु २५ हजार र प्रमाणपत्र पाउनेछन् । एमेचर विधातर्फ विजेताले नगद रु १० हजार, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद रु पाँच हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् साथै एक जना खेलाडी बराबर रु पाँच लाखको इन्स्योरेन्ससमेत गरिने मगरले बताए ।