२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि सेना परिचालन

अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ कोशी प्रदेशभर निर्वाचन सुरक्षा व्यवस्थाअन्तर्गत सुरक्षा फौज परिचालन गरिएको छ।

नेपाल सरकारले दिएको निर्देशन अनुसार गृह मन्त्रालयबाट प्रेषित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ कार्यान्वयन गर्ने क्रममा २०८२ माघ २१ गतेदेखि कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेनाका फौजहरू परिचालन गरिएको हो।

एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेनालाई अन्य सुरक्षा निकायसँगको सहकार्यमा नागरिक प्रशासनलाई सहयोग पुर्‍याउने, संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने जिम्मेवारी तोकिएको प्रशासन कोशी प्रदेश विशेष सूत्रले जानकारी दिएको छ । जस अनुसार निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने आपत्कालीन अवस्थामा शीघ्र प्रतिक्रिया दिँदै मतदाताको निर्बाध आवागमन सुनिश्चित गर्ने, निर्वाचन सामग्रीको सुरक्षा गर्ने तथा सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्य रहेको उल्लेख छ।

निर्वाचनको एक महिना अघिदेखि सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजना अनुरूप नेपाली सेनाले सबै जिल्लामा अस्थायी बेस खडा गरी सैनिक गस्ती तथा आवश्यकता अनुसार संयुक्त गस्ती सञ्चालन गर्ने ती सैनिक स्रोतको भनाई छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वय तथा सहकार्यमा विमानस्थल, कारागार लगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिने छ।

निर्वाचन अवधिभर शान्ति-सुव्यवस्था कायम राख्न तथा सबै सुरक्षा निकायलाई सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।