२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत घुस प्रकरणमा सरकारी साक्षी बनाइएकाविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतले घुस लिएको प्रकरणमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दुई व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतले मोही जग्गा दर्ताका लागि सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस लिएको प्रकरणमा सरकारी साक्षी बनाइएका तेजबहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध मुद्दा चलाइएको आयोगले जनाएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-४ निवासी तामाङद्वयले आयोगसमक्ष अनुसन्धानका क्रममा दिएको बयानविपरीत विशेष अदालतमा बकपत्र गरेको ठहर आयोगले गरेको छ।

साविक चाँगुनारायण गाविस-५ ख, कित्ता नम्बर २८६ र २८९ को जग्गा बाँडफाँड तथा नामसारी सहजीकरण गरिदिने भन्दै कर्मचारीसँगको मिलेमतोमा घुस लेनदेन भएको तथ्य पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।