२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधान पुनरावलोकन र परिमार्जन गर्न प्रतिबद्ध छौँ’ : संयोजक दाहाल

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवयुवा पुस्ताको मर्म र भावनाअनुसार राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । 

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर पार्टीको तर्फबाट ‘संक्षिप्त घोषणापत्र’ सार्वजनिक गर्दै उनले शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायत विषयलाई पुनरावलोकन र परिमार्जन गरिने बताएका छन् ।

“संविधान जारी भएको १० वर्ष पूरा भएको छ । संविधानले पनि १० वर्षमा पुनरावलोकन र परिमार्जन गर्ने भनिएको छ । प्रतिबद्धता पत्रमा त्यस विषयलाई महत्त्वका साथ उठाएको छौँ”, संयोजक दाहालले भने, “यसैगरी सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालाई उच्च प्राथमिकता राखिएको छ ।” 

उनले सामाजिक विभेद र असमानता अन्त्य गर्ने कुरामा पनि आफूहरू प्रष्ट योजनाका साथ अगाडि बढ्ने बताए । “आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र, वातावरण संरक्षण, विपद् व्यवस्थापन, नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्ने, राष्ट्रिय हित र परराष्ट्र सम्बन्धलाई बलियो बनाउने विषयलाई पनि प्रतिबद्धतामा उच्च प्राथमिकता दिइएको छ”, संयोजक दाहालले भने ।

प्रतिबद्धता पत्रमा आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । बहुआयामिक गरिबीको दर १० प्रतिशतमा सीमित गर्ने, प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना, पाँच लाख नियमित रोजगारी सुनिश्चित, विदेशबाट फर्केका एक लाख जनालाई उद्यमी बनाउने योजना प्रतिबद्धता पत्रमा समेटिएको छ ।

यस्तै, धान, दूध, मासु, तरकारीलगायत कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने, आगामी दशकलाई कृषि लगानी दशक घोषणा, सबै किसानलाई एक वर्षभित्र किसान परिचयपत्र वितरण गर्नेलगायत कार्यक्रम पनि समावेश गरिएका छन् ।