२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुम्का कारागारबाट फरार रहेका ८ कैदी धनकुटाबाट पक्राउ

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २४ गते सुनसरीको रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेका आठ जनालाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको हो ।

संखुवासभाको खाँदवारी नगरपालिका-९ का ३० वर्षीय युवराज राईलाई प्रहरीले साँगुरीगढी गाउँपालिका-६ भेडेटारचोकबाट पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेको अवस्थामा राई कारागारबाट भागेका थिए ।

त्यस्तै चौविसे गाउँपालिका-३ का ३४ वर्षीय सिजन तामाङलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । अंगभंग मुद्दामा ३० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका उनी कारागारबाट भागेका थिए ।

लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सहिदभूमि गाउँपालिका-२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा नगरपालिका-६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि गाउँपालिका-७ का संगम माझी र साँगुरीगढी गाउँपालिका-१ का ३३ वर्षीय बुद्धराज लिम्बूलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

कर्तव्य ज्यान तथा चोरी मुद्दामा २० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएका चौविसे गाउँपालिका-२ धारापानीका ४६ वर्षीय रमेश पाङ्मी मगर तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका सुनसरीको धरान उपमहानगरपालिका-२० का ३२ वर्षीय सागर राईलाई पनि लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी कारागार बुझाइएको एसपी थापा क्षेत्रीले जानकारी दिए ।